दुई हजार विन्दुबाट तल झर्यो नेप्से, कारोबार रकम पनि खस्कियो काठमाडौं,४भाद्र।सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा बजार २हजारको विन्दुबाट तल झरेको छ।साताको दोस्रो कारोबार दिन नेप्से १२.९३अंकले घट्दा १९९८.२८को विन्दुमा बजार बन्द भएको छ। बिहीबार १अर्ब ५२करोडको कारोबार भएको बजारमा आइतबार कारोबार रकम घटेर १अर्ब ४४करोड ७४लाख रुपैयाँमा झरेको थियो। सोमबार नेप्सेमा ४१लाख ६३हजार ८७२कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा थप घटेर १अर्ब ४०करोड ९०लाखमा झरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्