भक्तपुर बाल सुधार केन्द्रबाट भागे एक सय बढी बालबालिका
काठमाडौं, ४ भाद्र।भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट करिब एक सय बढी जना बालबालिका भागेका छन्।१८वर्षभन्दा मुनिका व्यक्तिलाई सजाय तोकिए उक्त सुधार केन्द्रमा राखिन्छ।सानो ठिमीस्थित युसेफको बाल सुधार गृहमा रहेका उनीहरु सोमबार दिउँसो ढोका फोरेर भागेको प्रहरीले जनाएको छ। भित्र करिब ३००जनाजति रहेको बताइएको छ। भागेकामध्ये केहीलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ भने केहीको खोजी कार्य जारी छ।
प्रतिक्रिया दिनुहोस्