प्रधानमन्त्री आउन ढिला हुने भएपछि सारियो सर्वदलीय बैठक, साँझ ७ बजे बस्ने
काठमाडौं,४भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपरान्ह ४बजेका लागि बोलाएको सर्वदलीय बैठक साँझ ७ बजे बस्नेगरी सारिएको छ।मौसममा आएको खराबीका कारण सुर्खेतबाट प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्कन ढिलाई हुने भएपछि बैठकको समय सारिएको हो।सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।यसअघि आइतबार पनि बैठक बसेको थियो।
प्रतिक्रिया दिनुहोस्