भ्रष्टाचार प्रकरणहरुलाई जनस्तरमा लैजाने र तल्लो कमिटीसम्मलाई परिचालन गर्ने राप्रपाको निर्णय
काठमाडौं, ४ भाद्र। राप्रपाले भ्रष्टाचार प्रकरणहरुलाई जनस्तरमा लैजाने र त्यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय गरेको छ। सोमबार बसेको पदाधिकारी बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, क्विन्टल सुन प्रकरण जस्ता भ्रष्टाचारका प्रकरणहरुलाई जनस्तरमा लैजाने र यसका लागि तल्लो कमिटीसम्मलाई परिचालन गर्ने निर्णय भएको राप्रपाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्