‘अहिले कता कता संविधानमाथि खेलबाड भएको आभास हुन थालेको छ’: राष्ट्रपति पौडेल काठमाडौं, ५ भाद्र। राष्ट्रपति रामचन्द्र पौडेले अहिले देशको संविधान र प्रणालीमाथि खेलबाड हुन थालेको आभास भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबार शीतल निवासमा आफैँले बोलाएको सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले भने,‘म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ। अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्