भगवती हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं, ५भाद्र।भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणहरुको लागि भदौ ५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ।कम्पनीले जारी पूँजी ५७करोड २०लाख ६४हजार ७००रुपैयाँको १५प्रतिशत अर्थात ८करोड ५८लाख ९हजार ७००रुपैयाँ बराबरको प्रतिशेयर १००रुपैयाँ अंकित दरमा १६रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६रुपैयाँमा ८लाख ५८हजार ९७कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।निष्काशन बन्द छिटोमा भदौ ८गते हुनेछ भने ढिलोमा भदौ १९गते हुनेछ।
प्रतिक्रिया दिनुहोस्