अछाममा जंगली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल, भोकमरीले मरिने डरमा किसान काठमाडौं, ५ भाद्र। अछाममा जङ्गली बँदेलको आतंकबाट किसानले दुःख पाइरहेका छन्। बँदेलले मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्। जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको छ। राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकेको किसान बताउँछन्। यस्तो अवस्थापछि अहिले किसानहरु भोकमरीले मरिन्छकि भन्ने चिन्ता भइरहेको किसान सुनाउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्