इन्जिनियरिङ शुल्क बढाएपछि विद्यार्थीको धर्ना, २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी
काठमाडौं, ५ भाद्र। इन्जिनियरिङ अध्ययन संस्थाले भारी मात्रामा चार वर्षे स्नातक तहको शुल्क बढाएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले डिनको कार्यालय आगाडि धार्ना दिएका छन्। थापाथली क्याम्पसले बढाएको शुल्क सार्वजनिक गरेसँगै स्ववियुले विरोध प्रदर्शन थालेको हो।२४घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ। चार वर्षको शूल्क बढाएर २३५प्रतिशले बढाएर ७ लाख ७५हजार ४२०रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्