ललिता निवास प्रकरणमा साढे २०० जनालाई मुद्दा चलाउने सिफारिस सहित सीआईबीले बुझायो प्रतिवेदन काठमाडौं,५भाद्र।केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।यस प्रकरणमा सीआईबीले कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ।गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी,डम्बरबहादुर श्रेष्ठ,पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दीप बस्न्यात,छविराज पन्त,दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो,युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत,सुब्बा र खरिदारसम्मका व्यक्तिलाई प्रतिवादी बनाउन राय दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्