राष्ट्रियसभाको बैठक दिउँसो ३ बजेलाई सारियो
काठमाडौं, ५ भाद्र।राष्ट्रियसभाको बैठक सरेको छ।आज दिउँसो १बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३बजेर १४बजे बस्ने भएको हो ।संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले आज जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले सवा दुई घण्टा ढिला सारिएको उल्लेख छ।राष्ट्रियसभा नियमावली, २०७५को नियम ६को उपनियम (३)बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्