नारायणगढ–मुग्लिन सडक दिउँसो ३ बजेसम्ममा खुल्ने काठमाडौं, ५ भाद्र। नारायणगढ–मुग्लिन सडक खण्डको नाम्सीपुलमा खसेको पहिरो पन्छाउन अपराह्न ३ बजेसम्मको समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो। डिभिजन सडक कार्यालयका अनुसार सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो। अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्