एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिने अवस्थामा छैनः माधव नेपाल
काठमाडौं, ५ भाद्र। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अहिले गठबन्धन नबदल्ने बताएका छन्। मंगलबार सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले एमालेबाट गरेको विद्रोह औचित्यपूर्ण रहेको बारम्बार पुष्टि भएको दाबी गरे। सरकारको स्थिरतामा अहिले प्रश्न उठिरहेको भएपनि अहिले तत्काल गठबन्धन बदलिने र आफूहरु गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको अध्यक्ष नेपालले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्