कांग्रेसको दोस्रो चरणको अभियान स्थगित
काठमाडौं, ५ भाद्र। नेपाली कांग्रेसले दोस्रो चरणको अभियान स्थगित गरेको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो। भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो। पार्टीले वर्षाको कारण अभियान स्थगित गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्