सिटिजन्स लाइफ इन्सुरेन्सले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा आइपीओ जारी गर्ने
काठमाडौं, ६ भाद्र।सिटिजन्स लाइफ इन्सुरेन्सले भदौ १५गते देखि सर्वसाधारणलाई प्रिमियममा आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी ३अर्ब ७५करोड रुपैयाँको ३०%ले हुन आउने १अर्ब १२करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो।यसले प्रतिकित्ता १४४रुपैयाँ प्रिमियम थप गरेर २४४रुपैयाँमा सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्नेछ।जसमध्ये सर्वसाधारणले ९०लाख कित्ता सेयरका लागि भदौ १९गतेसम्म आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्