बजार अभावले बारीमै थन्कियो किसानको स्याउ, बेच्न नपाई खेर जाने डर
काठमाडौं,६भाद्र।धादिङको रुविभ्याली गाउँपालिका–१मा पर्ने सबैभन्दा उपल्लो गाउँ तिप्लिङ(मचेत)मा अहिले लटरम्मै स्याउ फलेको छ।तर,गाडीको राम्रो व्यवस्था नहुँदा किसानले स्याउ बजारसम्म झारेर विक्री गर्न सकेका छैनन्। त्यहाँका किसानहरु भन्छन्,‘गाउँमा स्याउ फलाउने र बजारमा बेच्ने इच्छाले स्याउ लगाएँ।गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन।एउटा बोटमा ६०किलोसम्म स्याउ फलेको छ।बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ।’
प्रतिक्रिया दिनुहोस्