कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च जाँदै एमाले
काठमाडौं, ६ भाद्र। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जनाएको छ। मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले अदालत जान लागेको हो। प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस्