राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौं, ६ भाद्र। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका छन्।आज बसेको मन्त्रिपरिषद बैठकले उनको भ्रमण स्वीकृत गरेको छ। राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन यही भदौ अन्तिम साता उनी अमेरिका जान लागेका हुन्। महासभा सेप्टेम्बर १०देखि अमेरिकाको न्यूयोर्कमा हुँदैछ। ५दिनसम्म अमेरिकामा रहेर उनी त्यतैबाट उत्तरी छिमेकी चीनको भ्रमणमा लाग्ने तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस्