एनएमबि बैंकद्धारा धुलिखेल अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण काठमाडौं, ६ भाद्र।एनएमबि बैंक लिमिटेडले धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ।बैंकले अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर,एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू,प्रमुख कार्यकारी अधिकृत सुनिल केसी,अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ,अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्