संसदको गतिरोध अन्त्यका लागि छलफलमा जुटे शीर्ष नेता
काठमाडौं, ६ भाद्र।संसदको गतिरोध अन्त्यका लागि शीर्ष नेताहरु छलफलमा जुटेका छन्।विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धान गर्न बन्ने उच्चस्तरीय छानविन समितिको मस्यौदालाई आज अन्तिम रूप दिन सिंहदरबारमा नेताहरु जुटेका हुन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका उपसभापति डीपी अर्याल, रक्षा मन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित प्रमुख सचेतकहरु सहभागी छन्।
प्रतिक्रिया दिनुहोस्