संसदको अवरोध हट्ने, शीर्ष दलहरुबीच भयो २ बुँदे सहमति
काठमाडौं, ६भाद्र।संसदमा अवरोध हटाउनको लागि अहिलेसम्मका सुन तस्करीबारे भएका छानबिनको अध्ययन र तस्करी नियन्त्रणका लागि कानुनी र संरचनागत सुधारबारे सिफारिस गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ। साउन २मा ब्रेक सुमा लुकाएर ल्याएको ६०किलो भन्दा बढी सुन तस्करीबारे सीआईबीले अनुसन्धान सकेपछि अर्को महिना असोज ५गते सरकारले आयोग गठन गर्नेछ। त्यही दिनदेखि आयोगले काम प्रारम्भ गर्ने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्