२३ दिनमा १० हजार बढी डेंगी संक्रमित
काठमाडौं, ७ भाद्र। यस वर्षको अगस्टका २३ दिनमा देशभर १० हजार २४ डेंगी संक्रमित थपिएका छन्। योसँगै नेपालमा सन् २०२३मा डेंगी संक्रमितको संख्या १८ हजारनजिक पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकानुसार जनवरीयता अगस्ट २३ सम्म १७ हजार ८६७ जनामा संक्रमण पुष्टि भएको छ। जुलाईयता डेंगीका कारण १३ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्