विद्यार्थीले गरे इन्जिनियरिङको शुल्क विृद्धिको विरोध मार्चापास
शुल्क वृद्धिको विरोध मार्चपास काठमाडौं, ८ भाद्र। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरुले शुल्क वृद्धिको विरोध मार्चपास गरेका छन्। शुक्रवार उनीहरुले इन्जिनियरिङ क्याम्पसदेखि माइतीघरसम्म शुल्क वृद्धिको विरोधमा मार्चपास गरेका हुन्। विद्यार्थीहरुले केही दिनदेखि इन्जिनियरिङ (बीई) स्नातक तहको शुल्क वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका छन्। बीईको शुल्क ३ लाख १८ हजारबाट ७ लाख ७७ हजार पु¥याएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
प्रतिक्रिया दिनुहोस्