सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ हुने
काठमाडौं, १० भाद्र। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ। सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ। अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो। न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको बहस हुने भएको हो।
प्रतिक्रिया दिनुहोस्