ललितानिवास जग्गा प्रकरणमा संगठित अपराध हटाएर किर्ते मुद्दा मात्र दर्ता गर्ने तयारी
काठमाडौं, १० भाद्र। ललितानिवास जग्गा अनियमितता प्रकरणमा सरकारी वकिलको कार्यालय, काठमाडौंले संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ। कानुन जारी हुनुभन्दा पहिले ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले किर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो। बालुवाटारस्थित चर्चित ललितानिवास जग्गा प्रकरणको मुद्दा आज काठमाडौं जिल्ला अदालतमा दर्ता गराइने भएको छ।
प्रतिक्रिया दिनुहोस्