राप्रपाले पायो पूर्वाधार विकास समितिको सभापति, दीपक सिंहले गराए उम्मेदवारी दर्ता काठमाडौं, १० भाद्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वाधार विकास समितिको सभापति पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार मध्यान्ह गरेको समझदारीअनुसार राप्रपाले पूर्वाधार विकास समितिको सभापति पाएको हो। राप्रपाका दीपकबहादुर सिंहले समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्