ललिता निवास प्रकरणमा आजदेखि प्रतिवादीसँग बयान लिइँदै
काठमाडौं, ११ भाद्र। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना मुद्दाका प्रतिवादीसँग आजदेखि काठमाडौं जिल्ला अदालतमा बयान लिइँदै छ।आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनासहित मृत्यु भइसकेका २१ लाई पनि प्रतिवादी बनाएर किर्ते मुद्दा दायर गरेको थियो। मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो। पहिलो चरणमा थुनामा रहेकासित बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्