सरकारले विधेयकहरू खिचडीजस्तो बनाएर प्रस्तुत गर्यो: सांसद गौतम
काठमाडौं, १२ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै सरकारको आलोचना गरिन्। ८१ वटा ऐनहरू आकर्षित हुने सो विधेयक सरकारले सांसदहरूलाई पढ्ने मौका समेत नदिई खिचडी जस्तो बनाएर संसदमा पेश गरिएको भन्दै आलोचना गरेकी हुन्।गौतमले सो विधेयक फिर्ता लिएर मन्त्रालयगत रुपमा सम्बन्धित मन्त्रीहरूले पेस गर्नुपर्ने बताइन्।
प्रतिक्रिया दिनुहोस्