एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी
काठमाडौं, २० भाद्र। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। प्रतिस्पर्धी हरिप्रसाद रिजाललाई हराउँदै कँडेल अध्यक्षमा विजयी भएका हुन्। विजयी कँडेलले ४७९ मत ल्याउँदा रिजालले ४७७ मत ल्याए। रिजालभन्दा २ मतले कँडेल निर्वाचित भएका हुन्। अध्यक्षमा विजयी भएका कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन्। उता, पराजित रिजाल महासचिव शंकर पोखरेल निकट हुन्।
प्रतिक्रिया दिनुहोस्