कृषि गर्ने जमिन कम हुँदै, कृषक बढ्दै
काठमाण्डौं, २१ भदौ। नेपालमा कृषि गर्ने जमिन घटेको छ।तर कृषि गर्ने जनसंख्या भने बढेको छ।सातौं कृषि गणना २०७८ को तथ्यांकमा नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको नयाँ विवरण आएको छ।यो २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो।तर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन्।२०६८ मा यस्तो परिवार संख्या ३८ लाख ३१ हजार थियो।
प्रतिक्रिया दिनुहोस्