प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा टुङ्गो लागिसकेको छैनः परराष्ट्रमन्त्री काठमाडौं, भदौ २१। परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी असोज ६ गते हुने चीन भ्रमणको तयारी भइरहेको बताएका छन्।प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री साउदले अहिल्यै एजेन्डा टुङ्गो लागि नसकेको जानकारी दिए। प्रधानमन्त्रीको चीन भ्रमणको बारेमा सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेको जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्