कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश काठमाडौं, २४ भाद्र। कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ। नयाँ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन्। सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन्। मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्