प्रधानमन्त्रीले सुरु गरे चीन भ्रमणबारे छलफल
काठमाडौं, २४ भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणबारे सरोकारवाल पक्षहरुसँग छलफल सुरु गरेका छन्।मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु,परराष्ट्रमन्त्री,पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन्।छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल,राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ।
प्रतिक्रिया दिनुहोस्