कान्ति बाल अस्पतालमा बालिकाको मृयु प्रकरणः दोषीमाथि कारबाही हुने मन्त्री बस्नेतको प्रतिवद्धता
काठमाडौं,२४ भदौ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषीमाथि कारबाही हुने बताएका छन्।इजिप्टमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार नेपाल फर्किएका मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ बताएका हुन।सोमबार समयमा उपचार नपाउँदा एक बालिकाको अस्पतालमा मृत्यु भएको आफन्तले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्