समाजवादी मोर्चाको कुनै भविष्य छैनः धर्मेन्द्र बास्तोला काठमाडौं २४, भाद्र। क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन्।आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्तोलाले उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न र प्रधानमन्त्री प्रचण्डको सत्ताको आयु लम्ब्याउन मात्रै प्रयोग भएको उनले आरोप लगाए।आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एकसिट पनि नजित्ने उनको दाबी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्