सुवासजी मेरो सुखदुःखको साथी हुनुहुन्थ्यो : केपी ओली काठमाडौं, २५ भाद्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नभइ हितैषी मित्र रहेको स्मरण गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली!’ संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्