६ दिनसम्म चल्ने नाडा अटो शो आजबाट सुरु
काठमाडौं, २६ भाद्र।देशकै सबैभन्दा ठूलो अटो शो ‘नाडा अटो शो२०२३’ आज मंगलबारबाट काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु हुँदैछ। ६ दिनसम्म चल्ने १५औं संस्करणको यस अटो शोमा ४५सवारी ब्राण्डको सहभागिता रहेको छ। जसमा १६वटा चार पाङ्ग्रे,२२वटा दुई पाङ्ग्रे र ७वटा लाइट कमर्सियल भेहिकल रहेका छन्।शो अवलोकनको लागि २००रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीको लागि १५ रुपैयाँ शुल्क तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्