नेम्वाङलाई राजकीय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक विदा
काठमाडौं, २६ भाद्र। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिको दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।मंगलबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।मंगलबार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो।साढे १बजे अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्