६० किलो सुन प्रकरणमा माओवादीकी अमला रोकासहित ५० प्रतिवादी
काठमाडौं, २७ भाद्र। ६० किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ। यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन्। सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ। अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन्।
प्रतिक्रिया दिनुहोस्