अबदेखि शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई काठमाडौं, २७ भाद्र। सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा स्थानीय तहले आफूअन्तर्गतका एउटा सार्वजनिक विद्यालयबाट अर्कोमा शिक्षक सरुवा गर्न सक्ने व्यवस्था छ। यसरी सरुवा गर्दा आधारभूत तहको साधारण शिक्षकलाई समान पदको रिक्त पदमा र आधारभूत तहको विषयगत तथा माध्यमिक तहको शिक्षकलाई विषयगत रिक्त पदमा मात्र सरुवा गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्