विद्यालय व्यवस्थापन समितिको नेतृत्व अभिभावकलाई मात्रै
काठमाडौं, २७ भाद्र।सरकारले विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावक बाहेक अरुलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा राख्न नसकिने व्यवस्थालाई यथावत राख्नुपर्ने प्रस्ताव गरेको छ।संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८०मा यसअघिको प्रस्तावलाई निरन्तरता दिनुपर्ने व्यवस्था छ।विधेयकमा विद्यालयका अभिभावकहरुले आफूमध्येबाट एकजनालाई संयोजक छान्नुपर्ने प्रस्ताव छ। समितिमा बुद्धिजिवी, शिक्षाप्रेमी र समाजसेवीमध्ये कम्तिमा दुई महिलासहित समावेशी सिद्धान्त अपनाउनुपर्ने व्यवस्था प्रस्ताव छ।
प्रतिक्रिया दिनुहोस्