प्राथमिक तहको शिक्षक हुन स्नातक तह र माध्यमिकका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने
काठमाडौं, २७भाद्र।विद्यालयमा प्राथमिक तहको शिक्षक हुनको लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।संसदमा दर्ता गरिएको ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक’मा गरिएको प्रस्तावअनुसार निम्न माध्यमिक तहको शिक्षक हुनको लागि सम्बन्धित विषयमा स्नातक तह र माध्यमिक तहको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको,अध्यापन अनुमतिपत्र प्राप्त गरेको र एक्काइस वर्ष उमेर पूरा भई पैँतिस वर्ष ननाघेको हुनुपर्ने प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस्