बालुवाटारबाट नेम्वाङको शवयात्रा सुरु
काठमाडौं, २८ भाद्र। संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ। नेवाङको अन्त्येष्टिका लागि बालुवाटार केही बेरअघि शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो। नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरिएको छ। नेम्वाङको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज,धुम्बाराही,चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ।
प्रतिक्रिया दिनुहोस्