प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने
काठमाडौं, २८ भाद्र। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार (आज) बस्दै छ। बैठक दिउँसो ३ बजे बस्न लागेको हो। आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने छन्। नेम्वाङको शव अन्त्येष्टिका लागि बालुवाटार निवासबाट निकालिएको छ।
प्रतिक्रिया दिनुहोस्