खुला रुपमा दूध बेच्नेलाई ३० दिनभित्र व्यवसाय दर्ता गर्न महानगरको सूचना
काठमाडौं,२८भाद्र।काठमाडौं महानगरपालिकाले खुला रुपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसलहरुलाई ३०दिनभित्र व्यवसाय दर्ता गर्न सूचना जारी गरेको छ।महानगरपालिकाले बुधबार सूचना जारी गर्दै खाद्य ऐन २०२३अनुसार मापदण्ड कायम गरेर व्यवसाय दर्ता गर्न भनेको हो। खाद्य ऐन,२०२३ र खाद्य नियमावली २०२७बमोजिम सञ्चय तथा विक्री वितरण गर्नुका साथै दर्ता र नविकरण नभएका डेरीहरुले वडा कार्यालयमा दर्ता गराउनु हुन सूचित गरेको हो।
प्रतिक्रिया दिनुहोस्