एकीकृत समाजवादीमा २१ जना केन्द्रीय सदस्य मनोनीत
काठमाडौं, २८ भाद्र। नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार उनीहरुलाई केन्द्रीय सदस्य मनोनीत गरेको सो पार्टीले जनाएको छ। अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन जारी गर्दै अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीसहित २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्