संसदीय समितिले गर्यो, सर्वोच्चका प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन काठमाडौं, भदौ २९। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम संसदीय समितिबाट अनुमोदन भएको छ। संसदीय सुनुवाई समितिको शुक्रबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । संसदीय समितिले यसअघि शर्मा विरुद्ध उजुरी आह्वान गर्दा एउटा पनि उजुरू परेको थिएन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्