प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई हाङजाओमै भेट्ने
काठमाडौं, भदौ २९। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने भएका छन् ।भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाटै छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बनेको बताए।
प्रतिक्रिया दिनुहोस्