संसदमा दर्ता भएको विद्यालय शिक्षा ऐन विरुद्ध शिक्षक महासंघको आन्दोलन घोषणा
काठमाडौं, भदौ २९। संसदमा दर्ता भएको विद्यालय शिक्षा ऐन २०८० को विधेयकमाथि आपत्ति जनाउदै शिक्षक महासंघले असोज ३ गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनको घोषणा गरेको छ। आज पत्रकार सम्मेलन मार्फत महासंघले सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द गरेर काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताएको हो । महासंघले विधेयकको विभिन्न १८ बुँदामा असहमति जनाउँदै संशोधन गरेर जानुपर्ने माग राखेको छ।
प्रतिक्रिया दिनुहोस्