एमालेले सुवासचन्द्र नेम्वाङको सम्झनामा विचारको गोष्ठी गर्ने काठमाडौं, २९ भदौ। नेकपा एमालेले सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ ।अशोज २ गते ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ शीर्षकमा विचार गोष्ठी गर्ने एमालेले जनाएको छ। विचार गोष्ठीमा अरु दलका नेताहरुलाई पनि बक्ताका रुपमा उपस्थित हुनेछन्। काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली आफै प्रमुख बक्ता रहनेछन् भने बाँकी प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई जिम्मेवारी तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्