सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित
काठमाडौं, १ असोज। नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो। अर्को सुनुवाईको मिति पनि तोकिएको छैन।
प्रतिक्रिया दिनुहोस्